Main News
यस्तो रहनेछ आजको मौसमी अवस्था
२०७९ पुष २५ गते ९:०१

२५ पुस २०७९ काठमाडौं । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातसहित आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बिहानको समयमा तराईका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको छ ।
राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया