Main News

राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

हिमालय टिभी
२०७९ पुष २४ गते १७:५४
राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने

२४ पुस २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले यस्तो बताउनुभएको हो ।

उहाँले आजको बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका उपाध्यक्ष ध्रुव प्रधानले प्रतिनिधि सभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकको बारेमा पार्टीका सांसदहरुलाई जानकारी गराउनुभएको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको पहिलो बैठक र विश्वासको मतका बारेमा आजको बैठकमा छलफल केन्द्रित भएको बतउनु भयो ।

नेता तामाङले आफूले सरकार बनाउनका लागि पहल गरेका नेतालाई विश्वासको मत दिने भएपनि पार्टीबाट औपचारिक निर्णय भने भइ नसकेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *