राजनीति

सत्ता गठबन्धन टुटाउने प्रयास असफल भएपछि ‘फेस सेभिङ’ मा कांग्रेस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २३ गते २१:०८
सत्ता गठबन्धन टुटाउने प्रयास असफल भएपछि ‘फेस सेभिङ’ मा कांग्रेस (भिडियो रिपोर्टसहित)

२३ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिन नदिने कसरतबाट नेपाली कांग्रेस पछि हटेको छ । सत्ता गठबन्धन भित्रै खेल्ने प्रयास विफल हुने देखिएपछि कांग्रेस अहिले फेस सेभिङमा लागेको छ ।

सत्ताबाट जब बाहिरिन्छ, नेपाली कांग्रेसलाई छटपटी शुरु भइहाल्छ । आफूसँगको सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको साथ लिएर सत्ताको चाबी आफ्ना हातमा पारेपछि प्रतिपक्षमा पुगेको कांग्रेस रन्थनिएको छ ।

बालुवाटारमा रहेको सरकारी सुविधाको महलबाट धुम्बाराहीको डेरामा खुम्चिएका कांग्रेस सभापति शेरबहादुर देउवा र उहाँको कोटरीका नेताहरु अहिले दिनहुँजसो सत्ता पुनरागमनको विभिन्न जुक्ति फुराउन व्यस्त छन् । कांग्रेस कहिले राष्ट्रिय स्वतन्त्र पार्टी त कहिले राप्रपालाई प्रधानमन्त्री अफर गरिरहेको छ । तर, कांग्रेसको प्रस्तावलाई ती दलले गम्भीरताका साथ लिएका छैनन् ।

कांग्रेसको संस्थापनइतर समूह देउवाको बालुवाटार बहिर्गमनले केही राहत महसुस गरिरहँदा देउवा र उहाँका निकटस्थहरुमा सत्ता बहिर्गनको छटपटी बढी नै देखिन्छ । त्यसैले नेताहरु विश्वासको मत लिने दिन अर्थात पुस २६ गते नै सरकार ढल्ने सपना देखिरहेका छन् । सरकारको दिनगन्ती गरेर देउवा निकटस्थ आनन्द मानिरहेका छन् । तर अहिले कांग्रेसको बोली फेरिएको छ । अनि उसलाई सरकार फेरबदलमा नलागेको भनेर प्रष्टीकरण दिइरहनु परेको छ ।

जति प्रयास गरे पनि तत्काल नयाँ समीकरण बनाउन नसकिने देखेपछि सभापति देउवा अहिले फेस सेभिङमा लाग्नु भएको छ। सत्ताको खेलमा टाढै राखिएका महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापालाई शुक्रबार निवासमै बोलाएर छलफल गर्नुले देउवाको ध्यान अब सत्ता होइन प्रतिपक्षी बेञ्चमै रहेको देखाउँछ । देउवासँगको भेटपछि महामन्त्रीहरुले सत्ताको खेलमा कांग्रेस नरहेको बताउनुले पनि त्यही संकेत गर्छ ।

कांग्रेसको संसदीय दलको शनिबार बसेको बैठकमा पनि प्रतिपक्षी भूमिका बलियो बनाउने बारे छलफल भएको छ । सत्तापलटको प्रयास असफल हुने देखिएपछि प्रतिपक्षीकै रुपमा भूमिका निर्वाह गर्ने मनस्थितिमा पुगेको कांग्रेसको भूमिका कस्तो रहला ? सत्ता विना पानी विनाको माछाजस्तो बन्ने कांग्रेसले फेरि तत्कालै नयाँ समीकरणका लागि पहल जारी राख्ला वा सशक्त प्रतिपक्षमै चित्त बुझाउला रु त्यसका लागि भने केही समय पर्खनै पर्ने हुन्छ ।

यो पटक ३० लाख व्रतालु आउने माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको प्रक्षेपण छ । यही आधारमा समिति व्रतालुको सुरक्षा र सहज पूजापाठको व्यवस्थामा लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्