राजनीति

प्रधानमन्त्री पद बाँडेर च्याँखे नथाप्न कांग्रेसलाई अध्यक्ष ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २३ गते १४:५७
प्रधानमन्त्री पद बाँडेर च्याँखे नथाप्न कांग्रेसलाई अध्यक्ष ओलीको चेतावनी (भिडियो रिपोर्टसहित)

२३ पुस २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संघीय सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सफल सरकार बनाएर एमालेले राजनीतिक नेतृत्व गर्ने बताउनुभएको हो ।

उहाँले पुस २६ गते सरकारले विश्वासको मत प्राप्त गर्ने र यो सरकारले विश्वासको मत पाएपछि कांग्रेस पाँचै वर्ष प्रतिपक्षमा रहने दावी गर्नुभयो ।

कांग्रेसले विगतमा जस्तै फेरि पनि च्याँखे थाप्न सक्ने भन्दै ओलीले विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गर्नुको संवैधानिक औचित्य नै नरहेको टिप्पणी गर्नुभयो ।

सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै अध्यक्षा ओलीले असन्तुष्टि समेत जनाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्