Main News

तराईमा शीतलहर र पहाडमा आंशिक बदलीको सम्भावना

हिमालय टिभी
२०७९ पुष २३ गते ९:२२
तराईमा शीतलहर र पहाडमा आंशिक बदलीको सम्भावना

२३ पुस २०७९ काठमाडौं । देशका पहाडी भू–भागमा अहिले आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *