Main News

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोलि शीर्ष नेतालाई बुझाउने तयारी

हिमालय टिभी
२०७९ पुष २२ गते १७:१८
सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोलि शीर्ष नेतालाई बुझाउने तयारी

२२ पुस २०७९ काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो । भोलि कार्यदलले शीर्ष नेतालाई बुझाउने साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिइएको छ ।

विवादित राजनीतिक मुद्दामा कार्यक्रम नबोल्ने र अर्थतन्त्रलाई लयमा फर्काउने योजनामा केन्द्रित छ । कार्यक्रम सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारको विश्वास आर्जन गर्न केन्द्रित छ ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ सदस्य हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको लिने तय भएको छ । सरकारले त्यसअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *