Main News

पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु

२०७९ पुष २२ गते ७:३८
पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु

२२ पुस २०७९ रामपुर (पाल्पा) । पाल्पामा गएराति बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नंको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । गएराति करिब सवा १० बजे उक्त बस दुर्घटना भएको बताइएको छ ।

बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये छ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *