Main News

प्रदेशतर्फ पनि सरकार गठनको प्रक्रिया शुरु

हिमालय टिभी
२०७९ पुष २१ गते ९:२९
प्रदेशतर्फ पनि सरकार गठनको प्रक्रिया शुरु

२१ पुस २०७९ धनगढी । प्रदेशतर्फ पनि सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले आगामी पुस २७ गते साँझ पाँच बजेभित्र प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आज प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

सरकार गठन गर्न संविधानको धारा १६८(१) बमोजिम कुनै पनि दलको एकल बहुमत नपुग्ने भएकाले धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेसराज ढुंगानाले बताउनुभयो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । १९ सांसदसहित नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेको छ । सुदुरपश्चिम प्रदेशको मूख्य मन्त्रीबारे सत्तारुढ दलले निर्णय गरिनसके पनि नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *