Main News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असहयोगी भारत (भिडियो रिपोर्टसहित)

२०७९ पुष २० गते २१:२०
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असहयोगी भारत (भिडियो रिपोर्टसहित)

२० पुस २०७९ काठमाडौं । तामझामका साथ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुँदा गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकिएको छ ।

चिसो बढेसँगै हुस्सुका कारण कम भिजिबिलिटीले उडान रोकिएको प्रशासनको तर्क छ । कम भिजिबिलिटी मात्र नभई भारतीय पक्षको असहयोग पनि अर्को कारण हो ।

८ महिना अघि तामझामका साथ शुरु गरिएको गौतमुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन छाडेको छ । जजिरा एअरवेजले कुवेतका लागि र हिमालय एअरलाइन्सले मलेसियाका लागि यही विमानस्थलबाट उडान भर्दै आएका थिए । तर, पुस पहिलो साताबाट हुस्सुका कारण कम भिजिबिलिटी भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै एयरलाइन्सले उडान नभरेको नागरिक उड्डयन प्राधिकरण बताउँछ ।

थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान(अवतरण गर्न सकिने उपकरण इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम(आईएलएस सञ्चालनमा नआउँदा उडान तथा अवतरण प्रभावित भएको हो । करिब १० करोड रुपैयाँ खर्चेर क्याटागेरी–१ को आईएलएस उपकरण जडान भएको छ । यो अत्याधुनिकमात्रै छैन, क्याटागोरी(२ का उपकरणसमेत प्रयोग गरिएको छ ।

केही उपकरण थप गर्ने हो भने क्याटगेरी-२ अनुसारकै आईएलएस सञ्चालन गर्न सकिन्छ । क्याटगेरी(२ को आईएलएस जडानले ३५० मिटरकै भिजिविलिटीमा जहाज उडान तथा अवतरण गर्न सकिने जानकार बताउँछन् । नागरिक उड्डयन प्राधिकरण र सरकारको समन्वय अभावले भएको उपकरणसमेत सञ्चालनमा आउन सकेको छैन ।

गौतमबुद्ध विमानस्थल भारतसँगको सीमा नजिक पर्ने र आईएलएस उपकरणको प्रयोगबाट जहाज उडान(अवतरण गर्दा भारतको केही आकाश प्रयोग हुन्छ । तर, भारत आफ्नो आकाश प्रयोग गर्न दिन इच्छुक देखिदैन । नेपाल सरकारले पनि भारतसँग स्वीकृति लिन समन्वय गर्यो कि गरेन रु त्यसैले यो सञ्चालन गर्न भारत सहमत नभएको बुझिएको छ । तर, सरकारले भारतसँग स्वीकृति लिन विशेष पहल गर्नै नसकेको आरोप छ । अन्तर्राष्ट्रिय उडान रोकिएको २ साता भइसकेको छ ।

भारतले आफ्नो आकाश प्रयोग गर्न नदिँदा अन्तर्राष्ट्रिय उडानका लागि समस्या परेपछि परराष्ट्र मन्त्रालयले भारतसँग पहल बताउँदै आएको छ ।

करिब साढे ९ अर्ब लगानीमा बनेको यो विमानस्थल सञ्चालनको ८ महिना वित्दा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान भएपनि सञ्चालन खर्च नै उठाउन सकेको छैन । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थतलको यो हालत रहँदा पोखरामा अर्को अन्तर्राष्ट्रिय विमानस्थल शुरु भएको छ । यी विमानस्थल कति आवश्यक हो भन्नेबारे पनि कतिपयले प्रश्न उठाएका छन् ।

पोखराको विमानस्थललाई चीनले उसको महत्वकांक्षी योजना बीआरआईकै अंग भनेको छ । तर, नेपाल पक्षले बीआरआई अन्तर्गत विमानस्थल बनेको विषय स्वीकारेको छैन ।

उसैपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा असहयोग गर्दै आएको भारत यसबाट बिच्किने पक्का छ । प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई चिनले आफू परस्त देखाउन प्रयास गरिरहँदा भारतसँगको सम्बन्ध कस्तो रहला रु त्यसैमा गौतमबु्द्ध विमानस्थलको समेत भविष्य जोडिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *