Main News

नेपाल टी–२० लिगमा फिक्सिङको हल्ला झुटो भएको क्यानको दाबी

हिमालय टिभी
२०७९ पुष २० गते १४:२८
नेपाल टी–२० लिगमा फिक्सिङको हल्ला झुटो भएको क्यानको दाबी

२० पुस २०७९ काठमाडौं । राजधानीमा जारी नेपाल टी–ट्वेन्टी लिगमा फिक्सिङ भएको भन्दै फैलाइएका भ्रामक र मिथ्या सूचनामा आफ्नो ध्यानाकर्षण भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानले आज विज्ञप्ती जारी गर्दै जारी प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको आरोप भ्रामक रहेको क्यानको दाबी छ । राष्ट्र र नेपाली क्रिकेटकै बदनाम गराउने गरी फैलाइएका यस्ता गतिविधि बन्द गर्न संघले आग्रह गरेको छ ।

साथै यस्ता फिक्सिङका गतिविधि थाहा पाएको खण्डमा प्रमाणसहित क्यानको केन्द्रीय कार्यालय वा नेपाल टि ट्वेन्टी लिगको एन्टी करप्सन युनिटलाई उजुरी गर्न पनि क्यानले विज्ञप्तीमा भनेको छ ।

लिगमा सहभागी खेलाडीहरुलेनै फिक्सिङको प्रस्ताव भएको स्वीकार गरिरहँदा क्यान र जारी लिगमाथिनै विभिन्न प्रश्न खडा भएको छ ।

त्यस्तै प्रतियोगिताको साझेदारका रुपमा रहेको सेभेन थ्रि स्पोर्टसको विवादित पृष्ठभूमि, अपरादर्शी गतिविधि लगायतका कारण प्रतियोगितामा फिक्सिङको आशंका गरिएको थियो । यस विषयमा हिजो नै गृहमन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *