राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत लिन किन हताराे ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १९ गते २०:५२
प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत लिन किन हताराे ? (भिडियो रिपोर्टसहित)

१९ पुस २०७९ काठमाडौं । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गर्नुभएकोछ । १० गते प्रधानमन्त्री नियुक्त प्रचण्डले माघ ९ गतेसम्ममा विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था छ । तर उहाँले संसद अधिवेशन शुरू भएको भोलिपल्टै विश्वास लिन खोजेर हतारो देखाउनुले केही आशंका जन्मिएका छन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते पुनस्स्थापित संसदको पहिलो बैठकमै हतार हतार विश्वासको मत लिनुभएको थियो । त्यसबेला देउवाले राजनीतिक चतुर्याईं गरेको कतिपयले टिप्पणी गरेका थिए । अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन हतार गर्नुभएको छ ।

पुस २५ गते संसद अधिवेशन आह्वान भएको छ, प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्षनेताहरुले सम्वोधन गर्ने छन् । त्यसको भोलिपल्टै प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन खोज्नुभएको छ ।

१६९ सांसदको सर्मथन रहेको दाबी पेश गरेपछि माओवादी संसदीय दलका नेता प्रचण्ड संविधानको धारा ७६९२० अनुसार १० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सोही धाराको उपधारा ९४० अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिन अर्थात् माघ ९ भित्रसम्म विश्वासको मत लिंदा हुने व्यवस्था छ । तर, हतार किन रु सत्ता साझेदार दलका नेता भने काम गर्न विश्वासको मत लिंदा ढुक्क हुने भएकाले यसो गरिएको बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले २९ गते विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर प्रदेशसभाहरुमा मुख्यमन्त्री र सभामुखको भागवण्डासहित संघीय सरकारमा पनि मन्त्रीहरुको भागवण्डा र राजकीय पदमा सहमतिका लागि दुई दिन सारिएको हो ।

प्रधानमन्त्री प्रचण्ड अझै पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पूर्ण विश्वस्त हुन नसकेको निकटवर्ती बताउँछन् । अझ राजकीय पदमा भागवण्डा त अल्झिएकै छ । प्रचण्डलाई अझै कांग्रेस(एमाले सरकार गठनको सम्भावनाले सताएको पनि छ । अर्थात् जोगीको लौरोदेखि भैंसी डरारउनेर भैंसीको सिंङदेखि जोगी डराउने अवस्था अझै छ । अझ सत्ता गठबन्धनमा रहेका दलहरुको बार्गेनिङका कारण पनि प्रधानमन्त्री हैरान देखिनुभएको छ ।

विश्वासको मत लिन प्रचण्ड हतारिनुको कारण
१. एमाले अध्यक्ष ओलीसँग अझै विश्वस्त भइनसकेको
२. राजकीय पदका भागबण्डा नै रोकिएको
३. कांग्रेस(एमाले सरकार बन्न सक्ने त्रास
४. विश्वासको मत लिएर बार्गेनिङ बढाउन खोज्नेलाई पाखा लगाउन

प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै छिट्टै विश्वासको मत लिन हतारिनुभएको थियो । उहाँले पुस २९ को तयारी गरेपनि २७ गते पृथ्वी जयन्ती र त्यसपछि प्रदेश मुख्यमन्त्री र सभामुखको भागबण्डा टुंग्याउन ढिला हुने भएकाले २६ गतेका लागि राखिएको माओवादीको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा आशंका गर्नेहरु पनि छन् । उहाँलाई समर्थन गरेका दलका नेताहरु नै प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिन नसके समस्या आउनसक्ने बताउँछन् । विश्वासको मत लिनुअघि सत्ता गठबन्धनमा पद बाँडफाँटमा सहमति हुनेमा जसपा विश्वस्त देखिन्छ ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समर्थन छ । स्वतन्त्र सांसदहरु प्रभु साह, किरण साह र अमरेशकुमार सिंहले पनि प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेका छन् । तर एमाले, रास्वपा र जनत पार्टी मात्र सरकारमा सहभागी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्