Main News

काठमाडौं महानगरका प्रमुख शाहद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मुद्दा

हिमालय टिभी
२०७९ पुष १९ गते १४:५३
काठमाडौं महानगरका प्रमुख शाहद्वारा निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मुद्दा

१९ पुस २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको छ ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले शाहसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको यो निर्णयविरुद्ध साहले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो ।

प्रमुख शाहले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दावी गर्नुभएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको साहको प्रष्टीकरण छ ।

शाहले दायर गरेको रिटमा समयमा खर्च विवरण बुझाउँदा बुझाउँदै ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने, स्थानीय चुनावमा भाग लिने देशभरका १ लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिवाना गर्ने र ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको निर्णय बदरको माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *