Main News
प्रतिनिधिसभा सदस्य आले र राईद्वारा सपथ
२०७९ पुष १९ गते १४:१८
१९ पुस २०७९ काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गर्नुभएको छ ।
आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उहाँहरुले सपथ लिनुभएको हो ।
गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित हुनुहुन्थ्यो । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना हुनुभएकाले उहाँहरुले आज सपथ लिनुभएको हो ।
प्रतिक्रिया