Main News

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

हिमालय टिभी
२०७९ पुष १८ गते १४:३२
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

१८ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिनुहुने भएको छ ।

आज संघीय संसदका महासचिवलाई पत्र लेखेर प्रधानमन्त्री प्रचण्डले आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गर्नुभएको छ ।

प्रचण्ड गत पुस १० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । यो व्यवस्थाअनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एमाले नेतृत्वको गठबन्धनमा बनेको प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदसहित १ सय ६९ सांसदको समर्थन छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभाबाट विश्वास पाउन प्रधानमन्त्रीले कम्तीमा १ सय ३८ सांसदको समर्थन लिनुपर्छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्ने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *