Main News

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

हिमालय टिभी
२०७९ पुष १८ गते ८:५६
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

१८ पुस २०७९ काठमाडौं । समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

बैठकमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकको निष्कर्ष पेस गरिने र मङ्सिर ४ को चुनाव, फेरिएको सत्ता गठबन्धन, प्रचण्ड नेतृत्वको सरकारप्रतिको बुझाइलगायत बारेमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक शुरु हुनेछ । पोलिटब्यूरो बैठकपछि सरकार बारेको धारणा सार्वजनिक गर्ने तयारी भएको छ ।

शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकमा सरकारमा जानुपर्ने र नपर्ने दुवैथरी धारणा आएको नेताहरूले बताएका छन् । पोलिटब्यूरो बैठक भोलिसम्म चल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *