Main News

मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन अझै दुई साता लाग्छः ओली

हिमालय टिभी
२०७९ पुष १७ गते १७:४५
मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन अझै दुई साता लाग्छः ओली

१७ पुस २०७९ काठमाडौं । मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन अझै दुई हप्ताभन्दा बढी लाग्ने भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज काठमाडौंमा गरेको कार्यक्रममा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकूद मन्त्री नभएको विषयलाई लिएर मन्त्रिपरिषद् विस्तारको कुरा उठाउनु भएको हो ।

उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले खेलाडीको माग सरकारसम्म पुर्‍याउने बताउनुभयो ।

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *