Main News

आज नेपाली टोपी दिवस मनाइँदै

हिमालय टिभी
२०७९ पुष १७ गते ९:२१
आज नेपाली टोपी दिवस मनाइँदै

१७ पुस २०७९ काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन आज नेपाली टोपी दिवस मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइँनो बङ्लादेशको ढाका, कश्मीर, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *