Main News
प्रदेश १ सभाको पहिलो बैठक आज
२०७९ पुष १७ गते ९:१६

१७ पुस २०७९ विराटनगर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ ।
गत मङ्सिर ४ मा भएको निर्वाचनबाट चयन भएका सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद नेपाली कांग्रेसका ७९ वर्षका गयानन्द मण्डल गनगाईले गर्नुहुनेछ ।
आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने छ ।
प्रतिक्रिया