Main News

पोखरामा नयाँ वर्ष २०२३ को रौनक (भिडियो रिपोर्टसहित)

२०७९ पुष १६ गते २०:४२
पोखरामा नयाँ वर्ष २०२३ को रौनक (भिडियो रिपोर्टसहित)

१६ पुस २०७९ कास्की । अंग्रेजी नयाँ वर्ष २०२३ को आगमनसँगै नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ। नयाँ वर्ष मनाउन पर्यटकीय गन्तव्यहरूमा आन्तरिक एवम् बाह्य पर्यटकको चहलपहल बढेको छ । यसले व्यवसायीहरुमा पनि सकारात्मक आशा जगाएको छ।

पोखरामा यतिबेला सडक महोत्सव चलिरहेको छ । बुधबारदेखि सुरु भएको महोत्वसव पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो सडकमा जारी छ । नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटकको संख्या समेत उल्ललेख्य बढेको छ ।

जसका कारण करिब ३ वर्षपछि यहाँका होटलहरुको अकुपेन्सी ८० प्रतिशत पुगेको छ। आन्तरिक , केही भारतीयसहित तेस्रो मुलुकबाट पर्यटक नयाँ वर्ष मनाउन पोखरा पुगेका छन् ।

नयाँ वर्ष महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय–अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेसलगायत कार्यक्रम आयोजना गरिएको छ । अन्य समयमा ग्रामिण क्षेत्र तर्फ समेत जाने गरेका पर्यटक यतिबेला भने पोखराको लेकसाइको मेलामा भुलेका छन् ।

पोखराको लेकसाइडमा मात्र सात सय होटल छन् । त्यस्तै साराङकोट, नौडाँडा, बेगनास ताल लगायतका ठाउँमा गरी बाह्र सयभन्दा बढी होटल सञ्चालनमा छन् । यिनमा ४० हजारभन्दा बढी बेड छन् ।

पोखरामा पछिल्ला केही वर्षयता साताको अन्तिम दुई दिन शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुँइचो लाग्ने गर्छ । त्यसमा पनि अंग्रेजी नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने हुँदा पर्यटन क्षेत्रमा उत्साह देखिएको व्यवसायी बताउछन् । ’सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराले पर्यटकलाई आकर्षण गर्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *