Main News

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा झमरकट्टेल

हिमालय टिभी
२०७९ पुष १६ गते १७:४२
माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा झमरकट्टेल

१६ पुस २०७९ मकवानपुर । नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन हुनुभएको छ ।

प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप जमरकट्टलको नाम सर्वसम्मत पारित भएको हो । संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए ।

उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए । आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

संसदीय दलको नेतामा सर्वसम्मत भएका जम्कट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ ९२०बाट वाग्मती प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *