Main News

सेतो मच्छेन्द्रनाथको महास्नान, आज घाममा राखिने

२०७९ पुष १६ गते ७:२६
सेतो मच्छेन्द्रनाथको महास्नान, आज घाममा राखिने

१६ पुस २०७९ काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिने सेतो मच्छेन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ ।

नियमित राख्ने स्थानबाट बाहिर डबलीमा निकालेर सेतो मच्छेन्द्रनाथलाई महास्नान गराउने परम्परागत विधि छ । सेतो मच्छेन्द्रनाथलाई लगाइएको सबै कपडा फुकालेर शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले महास्नान गराइएको मन्दिरका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।

महास्नान कार्यक्रममा वसन्तपुरस्थित कुमारी घरबाट जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रबहालमा ल्याउने विधि छ । वैदिक सनातन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन् । हिन्दुले हरिहर र बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वरका रूपमा सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन् ।

सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको भोलिपल्ट घाम ताप्ने व्यवस्था गरिने विधि पनि रहेको उहाँले सुनाउनुभयो । आज महास्नान गरेपछि पौष शुक्ल पूर्णिमासम्म दश कर्म गर्ने विधि छ । पौष शुक्ल पूर्णिमाका दिन सेतो मच्छेन्द्रनाथलाई नयाँ पहिरन लगाइदिने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *