मोबाइल-ल्यापटपमा प्रतिबन्ध : किन लागू गर्न खोजियो, किन पछि हट्यो सरकार ? (भिडियो रिपोर्टसहित)

१५ पुस २०७९ काठमाडौं । भन्सार छली र चोरीका मोबाइल नियन्त्रणमा ल्याउन भन्दै सरकारले गत भदौ ३० देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्यो ।
पुस १५ देखि त्यसलाई पूर्ण कार्यान्वयन गर्ने तयारी थियो । तर यो प्रणाली लागू गर्ने नाममा विदेशमा बस्ने व्यक्तिले आफन्तलाई उपहारका रुपमा पठाउने मोबाइल सेटमाथि पनि प्रतिबन्ध लगाउने भएपछि चौतर्फी विरोध भयो र अन्ततः सरकार आफ्नो निर्णयबाट पछि हट्यो । किन लागू गर्न खोजियो, किन पछि हट्यो सरकार ?
भन्सार विभागका अनुसार पछिल्लो ८ वर्षमा नेपालमा १ खर्ब ६२ अर्ब रुपैयाँको ३ करोड ९३ लाख सेट मोबाइल फोन आयात भयो । चालू आर्थिक वर्षको पाँच महिनामै १२ अर्ब २९ करोड ४८ लाख रुपैयाँको २० लाख ३२ हजार ५२७ सेट मोबाइल फोन आयात भयो । आयातित फोनबाट सरकारले २ अर्ब २७ करोड भन्सार महसुल संकलन गर्यो ।
हरेक वर्ष कम्तीमा पनि ४ लाख सेटका दरले मोबाइल फोन आयात बढिरहेको छ । यो बाहेक पनि करिब ४० प्रतिशत मोबाइल भन्सार छली गरेर ल्याउने गरेको निश्कर्ष मोबाइल आयातकर्ताहरुको छ। आयात उच्च रुपमा बढ्दै गएपछि राजस्वको लोभ देखाएर व्यवसायीहरुको सरकारलाई मोबाइल फोन व्यवस्थापनका लागि दबाव दिए ।
सरकारले करिब १ अर्ब रुपैयाँ खर्च गरेर गत भदौं ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गर्यो । पुस १५ देखि त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने तयारी थियो । तर यो व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु माथि अन्याय हुने भन्दै चर्को बिरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा तत्कालका लागि स्थगित गरियो ।
अहिले मोबाइल आयातमा ४ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट गरि १७ प्रतिशत राजस्व लाग्छ । सरकार राजस्वको लोभमा यो लागू गर्न खोजेको हो भने खरिदको बिलका आधारमा भन्सार महसुल लिएर उपहारका लागि मोबाइल ल्याउनेलाई छाड्न किन अप्ठ्यारो भन्ने प्रश्न उब्जिएको छ ।
सरकारी अधिकारीहले जेजस्तो तर्क गरे पनि यो व्यवस्थाले भरिने भनेको व्यापारीको खल्ती मात्र हो । नेपालमा आधिकारिक विक्रेताका नाममा मोबाइल बजार सीमित व्यवसायीहरुले कब्जा गरिरहेका छन् ।
कुन-कुन हुन् ती कम्पनी ?
एप्पल– एप्पल ब्रान्डका फोनको नेपालमा आधिकारित बिक्रेता जेनेरेसन नेक्स्ट हो । यसका मालिक पवन भिमसरीया हुन् । सामसुङ– सामसुङ ब्रान्डको मोबाइल फोनको आयात र बिक्री आइएमएस ग्रुपले गर्दै आएको छ । यसका मालिक दीपक मल्होत्रा हुन् ।
ओप्पोको विक्रेता भने त्रिवेणी ग्रुप अन्तर्गतको टेलिसेल प्रालि रहेको छ । यसका मालिक सुनिल अग्रवाल हुन् । रियलमी राजेश आटिआको जगदम्बा मोबाइल्स रहेको छ । भिभोको सेलुसिटी इन्टरनेशन र साओमीको भत्सल इम्पेक्सले आधिकारीक बिक्रेताको काम गर्दै आएको छ।
प्रतिक्रिया