Main News

काठमाडौंमा तमु ल्होसारको रौनक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १५ गते १८:१२
काठमाडौंमा तमु ल्होसारको रौनक (भिडियो रिपोर्टसहित)

१५ पुस २०७९ काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार मनाइरहेका छन् ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरी आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित काठमाडौंसहित देशभर ल्होसार मनाइरहेका हुन् ।

ल्होसारको दिन काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम भएको छ भने देशका अन्य स्थानमा पनि सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रमहरु गरेर तमु ल्होसार मनाइएको छ ।

टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमू समूदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनु भयो ।

उहाँले तमू समूदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराउनु भयो

तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *