Main News
वन नियमावली २०७८ खारेजीको माग (भिडियो रिपोर्टसहित)
२०७९ पुष १५ गते १८:०७

१५ पुस २०७९ काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघले वन नियमावली २०७८ खारेजीको माग गरेको छ ।
वन तथा वातारवण मन्त्रालयले असार १६ गते जारी गरेको वन नियमावली विदेशबाट काठ आयात गर्ने व्यवसायीको साँठगाँठ र सिन्डिकेटलाई प्रश्रय गर्ने गरी आएको भन्दै महासंघले खारेजीको माग गरेको हो ।
विदेशबाट निर्यात हुने काठलाई बिस्थापित गर्नु पर्ने बेलामा निश्चित स्वार्थ समूहको पृष्ठ पोषणका लागि वन नियमावली ल्याइएको आरोप महासंघले लगाएको छ ।
काठ खरिदका लागि फर्निचर उद्योगले प्रतिस्पर्धामा भाग नै लिन नपाउने गरी नियमावली आएको महासंघको गुनासो छ ।
प्रतिक्रिया