Main News

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

हिमालय टिभी
२०७९ पुष १५ गते १२:४७
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

१५ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको छ ।

उहाँहरुबीच नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउनेबारे पनि छलफल भएको बताइएको छ । हिजोमात्र सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।

संयन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्ग निर्देशनसमेत गर्न सक्नेछ। एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति बनाइएको छ । समितिका सदस्यमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल हुनुहुन्छ ।

जसपाले नाम टुंगो लगाउन बाँकी छ। सत्ता गठबन्धनमा आबद्ध दलका अध्यक्षहरूको बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णय पनि गरेको थियो ।

गठबन्धनमा शक्ति बाँडफाँट प्याकेजमै टुङ्ग्याउने तयारी छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र संवाद तीव्र पार्नुभएका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । ​

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *