Main News
बागमती प्रदेशका सांसद्हरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै
२०७९ पुष १४ गते ९:०९

१४ पुस २०७९ हेटौंडा । बागमती प्रदेशका सांसदहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।
दिउँसो २ बजे १ सय ९ जना प्रदेश सांसदहरूले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको हो । त्यसभन्दा अगाडि संसदीय दलको नेता चयन गर्ने र सपथग्रहण कार्यक्रममा सहभागी हुने एमालेले जनाएको छ ।
हालसम्म एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गर्ने केन्द्रमा सहमति भएको छ । त्यसैले एमालेले आज संसदीय दलको नेता चयन गरेपछि प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुल्ला रहने छ ।
प्रतिक्रिया