Main News

शक्ति बाँडफाँडका विषयमा सहमति जुटाउन सत्ता साझेदार दलहरूको बैठक आज

हिमालय टिभी
२०७९ पुष १४ गते ८:५२
शक्ति बाँडफाँडका विषयमा सहमति जुटाउन सत्ता साझेदार दलहरूको बैठक आज

१४ पुस २०७९ काठमाडौं । मन्त्रालय र विभिन्न उच्च पदको बारेमा भागबण्डा मिलाउन सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ ।

कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

हिजो प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा शक्ति बाँडफाँटको विषयमा कुराकानीका लागि सरकारमा रहेका दलको बैठक बोलाउने सहमति भएको थियो ।

शक्ति बाँडफाँटको विषयमा आज विस्तृत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड र ओलीबीचको प्रारम्भिक समझदारीअनुसार एमालेले चार र माओवादीले दुईवटा प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *