Main News

काठमाडौंका सवारी चालकमाथि ट्राफिक आतंक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १३ गते २०:४३
काठमाडौंका सवारी चालकमाथि ट्राफिक आतंक (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । काठमाडौ उपत्यका ट्राफिक प्रहरीले कानूनलाई लत्याउँदै कारवाही गरिरहेको छ । पहिलो पटक गल्ती गर्दा ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक मात्र १५ सय जरिवाना हुने कानुनमा छ । तर ट्राफिक प्रहरीले भने कानून मिचेर पहिलो पटक गल्ती गर्नेबाटै १५ सय असुलिरहेको छ ।

यो भिड हो ट्राफिक प्रहरीमा जरिवाना तिर्न आएका सवारी चालकहरुको हो ।

पछिल्लो एक सातायता ट्राफिक प्रहरीले दिनहुँ ३ हजारभन्दा बढीलाई कारबाही र जरिवाना गर्दै आएको छ । कारवाहीको रकम र गति बढाउँदा यतिबेला काठमाडौंमा उपत्यकामा ट्राफिक आतंक छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा यातायात निरीक्षण वा प्रहरीले तत्काल गर्न सक्ने जारिवाना उल्लेख छ ।

ऐनमा २० वटा विभिन्न शिर्षकमा पहिलो पटक कारवाही हुदाँ ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक गल्ति गर्दा १५ सय जरिवानाको व्यवस्था गरेको छ । ऐन अनुसार ट्रफिक संकेतको उल्लघन, एकतर्फी बाटोमा सवारी साधन चलाएको, लाइन क्रसदेखि पार्किङ निषेध क्षेत्रको कारवाही ५ सयदेखि सुरु भएर १५ सय सम्म पुर्‍याउनु पर्छ तर ट्राफिक प्रहरीले भने एकै पटक १५ सय जरिवाना गरिरहेको छ ।

तर महानगरीय ट्राफिक प्रहरीले भने यातायाता व्यवस्था विभागले प्राप्त ऐनको अधिकतम हदैसम्मको दण्ड जरिवाना अधिकार प्रत्यायोजन गरे अनुसार कारवाही गरिएको दाबी गर्छ ।

सवारी चालकलाई नियम पालना गराउन खटिएको प्रहरी नै नियमविपरीत असुलीमा लाग्दा सडक प्रयोगकर्ता आतंकित हुनु स्वभाविकै हो । त्यसमाथि चर्को जरिवानाले नियम उल्लंघनका घटना कम हुने भन्दा पनि उल्लंघन गरेर भाग्न खोज्दा दुर्घटनाको जोखिमसमेत बढेको सवारी चालकहरुकै अनुभव छ ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले मंगलबार मात्रै सवारी चालकलबाट जरिवानास्वरुप ३७ लाख ७६ हजार ५ सय रकम उठाएको छ । यो जरिवानाले राजश्व संकलन त बढ्ला तर कानूनको पालना गर्नेले नै गरेको कानूनको उल्लंघनको क्षतिपूर्ति चाँहि कसरी होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *