Main News

आन्दोलनरत पूर्वका उद्योगी व्यवसायी र अर्थमन्त्रीबीच वार्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १३ गते १८:०२
आन्दोलनरत पूर्वका उद्योगी व्यवसायी र अर्थमन्त्रीबीच वार्ता (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । अन्दोलनरत पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग चालु पुँजी कर्जा मार्गदर्शन संशोधन र उच्च ब्याजदर घटाउन माग गरेका छन् ।

अर्थमन्त्री पौडेलले बोलाएको वार्तामा सहभागी हुन काठमाडौं आएका पूर्वका उद्योगी व्यवसायीले चालु पुँजी कर्जा मार्गदर्शन संशोधनका लागि आग्रह गरेका हुन् ।

उनीहरुले उच्च ब्याजदर घटाउनसमेत उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरुले अर्थमन्त्रीसँग बैंकर र व्यवसायी तत्कालन छुट्याउनसमेत माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी व्यवसायीहरुले राखेका ब्याजदर वृद्धि रोक्न,तरलता सहज बनाउन र पुनःकर्जाको किस्ता तिर्ने समय थप लगायतका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताउनु भयो ।

बैठकमा सहभागी एमाले नेतासमेत रहेका उद्योगी मोतिलाल दुगडले बैंकहरुले उद्योगी व्यवसायीलाई असहयोग गरेकाले व्यापारीहरु पीडित भएको बताउनु भयो ।

व्यवसायीहरुले बैंकहरुको सेवा शुल्कमा ५० प्रतिशत घटाइनु पर्ने माग राखेका छन् । व्यवसायीहरुले अर्थमन्त्री समक्ष पुस मसान्तमा २० प्रतिशत पनि उद्योगीले बैंकको सावाँ ब्याज तिर्न नसक्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *