कांग्रेस सीमित व्यक्तिको कब्जामा परेको संस्थापन इतर समूहको निष्कर्ष (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहले पार्टीको शीर्ष तहमा सत्ता लिप्सा देखिएकाले गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले गठबन्ध टुटेको इतर पक्षको आरोप छ ।
पुस १० गतेको घटनालाई सामान्य रुपमा लिन नमिल्ने निश्कर्ष सहित इतर समुहले केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा गरिनुपर्ने जनाएको छ । केन्द्रीय समिति बैठकमा विशेष महाविधेशन बोलाउने प्रस्ताव गरिनेबारे भने छलफल भइनसकेको नेताहरुले बताएका छन् ।
इतर समूहको बैठकले आफू निकटका नेताहरु भेलासमेत बोलाउने तयारी गरेको छ । नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता शेखर कोईराला लगायतको उपस्थिति रहेको थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने बैठकमा सहभागी हुनुभएन ।
प्रतिक्रिया