Main News

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

हिमालय टिभी
२०७९ पुष १३ गते १६:२९
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

१३ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा चयन हुनुभएको छ ।

आज भएको प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्र बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी हुनुभएको हो । लामाले प्रतिष्पर्धी बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा विजयी हुनुभएको छ ।

लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन अघि दुवै नेतालाई सहमतिमा ल्याउने प्रयास भएको थियो । तर, दावी नछोडेपछि चुनाव गर्ने निर्णय भएको थियो । लामा र बानियाँ दुवै देउवा पक्षका नेता मानिन्छन् ।

तर, बानियाँ संस्थापन इतरसँग निकट भएको भन्दै लामालाई संस्थापन पक्षले सहयोग गरेको नेताहरूले प्रतिक्रिया दिएका छन् । यसैबीच, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ ।

प्रदेश राजधानी कास्कीमा भएको निर्वाचनमा पाण्डेले १८ मत पाउँदा भोजराज अर्यालले ८ मत पाउनुभयो । एक मत भने बदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *