Main News

रत्नराज्य क्याम्पसमा विद्यार्थीबीच झडप, तीन जना घाइते (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष १३ गते १३:३६
रत्नराज्य क्याम्पसमा विद्यार्थीबीच झडप, तीन जना घाइते (भिडियो रिपोर्टसहित)

१३ पुस २०७९ काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।

स्ववियु निर्वाचनको विषयमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताबीच झडप भएको हो । आरआर क्याम्पस अनेरास्ववियूका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको छ ।

झडपमा परी ३ जना विद्यार्थी नेता घाइते भएका छन् । आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगर घाइते भएका हुन् ।

खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *