Main News

जसपा संसदीय दलमा यादव निर्विरोध

हिमालय टिभी
२०७९ पुष १३ गते १३:०७
जसपा संसदीय दलमा यादव निर्विरोध

१३ पुस २०७९ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले उहाँ निर्वाचित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।

बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ ।

अशोक राई वरिष्ठ नेता भएकाले उहाँलाई नै संसदीय दलको नेता बनाउनुपर्ने आवाज उठेपनि अध्यक्ष उपेन्द्र यादवको जोडबलका कारण यादवले अवसर पाउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *