Main News
कांग्रेस सांसद गुरुङ स्वतः निलम्बित
२०७९ पुष १२ गते १७:०६
१२ पुस २०७९ काठमाडौं । मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित हनुभएको छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै बेला गुरुङ मनाङबाट निर्वाचित हुनुभएको थियो । भ्रष्टाचार निवारण ऐनअनुसार अदालतमा भ्रष्टाचारसम्बन्धि मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक पद धारण गरेको व्यक्ति स्वतः निलम्बनमा रहने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको संसद सचिवालयले सूचना जारी गरेर जानकारी गराएको छ ।
पूर्वश्रममन्त्री गुरुङमाथि ०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको थियो । गुरुङविरुद्धको मुद्दा किनारा नलाग्दासम्म संसद बैठकमा सहभागी हुन पाउने छैनन् ।
प्रतिक्रिया