Main News

राष्ट्रपतिबाट संघीय संसदको बैठक आह्वान

हिमालय टिभी
२०७९ पुष १२ गते १६:४६
राष्ट्रपतिबाट संघीय संसदको बैठक आह्वान

१२ पुस २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पुस २५ मा दुवै सदनको बैठक आव्हान गर्न राष्ट्रपतिकोमा सिफारिस गर्ने निर्णय गरेको थियो । मनिन्त्रपरिषद्को सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुस गते दिउँसो १ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो ।

संघीय संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभामा निर्वाचित सांसदले सांसदको सपथ लिइसकेका छन् भने नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भइसक्नुभएको छ ।

संसद बैठकपछि नयाँ सभामुख, उपसभामुख चयन प्रक्रिया अघि बढ्नेछ भने नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन बाटो खुलेको छ । संविधानको धारा ७६को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *