Main News

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

हिमालय टिभी
२०७९ पुष १२ गते १६:००
नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन

१२ पुस २०७९ काठमाडौं । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले आज दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधि विपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको हो ।

विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्वपदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ तर सत्ता र शक्ति रहेकाले पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्दै आएका छन् ।

प्रहरी र सशस्त्रका सुरक्षाकर्मी दुरुपयोग गर्ने गृहमन्त्रालयका कर्मचारी पनि संलग्न रहेका छन् । गृहका कर्मचारीले कार्यविधिले निश्चित गरेको मापदण्ड विपरीत अंगरक्षक र चालक लिने गरेका छन् ।

कार्यविधिमा तोकिए अनुसारका वहालवाला तथा पूर्वकर्मचारी सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मी पाउने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *