Main News

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

२०७९ पुष ११ गते १८:१५
महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

११ पुस २०७९ काठमाडौं । सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ ।

महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गर्नुभएको थियो । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उहाँलाई बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा उहाँले आफूले महान्यायाधिवक्ताका रूपमा काम गर्दा परिवारको सदस्यजस्तो भएर काम गरेको, आफूले सकेको काम गरेको र गर्नका लागि अधिकतम प्रयास गरेको बताउनुभयो । उहाँको कार्यकालमा खासगरी वीरगञ्ज र पाटनमा रहेको जग्गा महान्यायाधिवक्ता कार्यालयको मातहतमा ल्याउन सफल छ ।

त्यस्तै, कर्मचारी सेवा सर्तसम्बन्धी छुट्टै कानून ल्याउने विषय अघि बढे पनि त्यो पूरा भने हुन सकेन । सरकारी वकिलको यही पुस ८ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसमा मुद्दाको महाअभियोजनकर्ता र महान्यायाधिवक्ता फरक हो भन्ने घोषणापत्रमा आएको थियो ।

प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रूपमा उहाँ २०७८ साउन १ गतेदेखि नियुक्त हुनुभएको थियो । उहाँले १७ महिना १० दिन काम गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *