Main News

कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

२०७९ पुष ११ गते १४:१५
कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

११ पुस २०७९ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उहाँको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिनुभएको मल्लले राससलाई जानकारी दिनुभयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *