Main News
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज मनाइँदै
२०७९ पुष ११ गते ९:०३
११ पुस २०७९ काठमाडौं । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्षको दिवस ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ मनाइँदैछ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको कामना गर्नुभएको छ ।
२०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै पोहोरदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।
प्रतिक्रिया