Main News

आज क्रिसमस मनाइँदै, प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

हिमालय टिभी
२०७९ पुष १० गते ९:००
आज क्रिसमस मनाइँदै, प्रधानमन्त्री, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

१० पुस २०७९ काठमाडौं । इसाई धर्मावलम्बीहरूले आज सौहार्दता तथा खुसियालीको पर्व क्रिसमस मनाउँदैछन् ।

इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ हरेक वर्ष मनाउने प्रचलन रहेको छ । यस अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दिवसको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *