Main News
तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना
२०७९ पुष ९ गते ९:३४
९ पुस २०७९ काठमाडौं । आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ ।
प्रतिक्रिया