Main News

नेपाल प्रहरीका एसपी यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

हिमालय टिभी
२०७९ पुष ८ गते १७:००
नेपाल प्रहरीका एसपी यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

८ पुस २०७९ काठमाडौं । विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो । इजलासले यादवलाई ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

अदालतले यादवसहित हवल्दार ढकबहादुर गुरुङलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो। योसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका एसपी यादवको जागिर गएको छ।

२०७० सालमा डीएसपी भएको बेला रुपन्देहीमा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। आर्थिक अनियमितता र लागु औषध मुद्दामा पैसा लिएर मिलाएको पाइएपछि अख्तियारले यादव र गुरुङविरुद्ध मुद्दा चलाएको थियो।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए। त्यतिबेला निलम्बनमा परेका उनी विशेष अदालतले सफाइ दिएपछि पुनः सेवामा फर्किएका थिए।

विशेष अदालतले सफाइ पाउने फैसला सुनाए पनि सरकारी वकिल कार्यालय भने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेको थियो। सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा पुस ५ गते फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *