Main News

स्थानीयलाई नै दुःख दिँदै नगरपालिका, ठेकेदारसँग सम्झौता गरेर पैसा असुल्दै (भिडियो रिपोर्टसहित)

२०७९ पुष ८ गते १६:३३
स्थानीयलाई नै दुःख दिँदै  नगरपालिका, ठेकेदारसँग सम्झौता गरेर पैसा असुल्दै (भिडियो रिपोर्टसहित)

८ पुस २०७९ कैलाली । स्थानीयको समस्या समाधान गर्ने प्रमुख काम स्थानीय सरकारको हो । तर, कैलालीको भजनी नगरपालिकाले भने स्थानीयलाई नै दुःख दिँदै आएको छ ।

पुल नभएका खोलमा पुल बनाउनुपर्नेमा नगरपालिकाले ठेकेदारसँग सम्झौता गरेर पैसा लिइरहेको छ । ८ वटा खोलालाई ठेक्कामा लगाएर पैसा असुल्दा स्थानीय समस्यामा परेका छन् ।

यो हो, कान्द्रा नदी । यो नदीले नगरपालिकाको वडा नम्बर ३ र ५ लाई जोड्छ । तर, यहाँका नागरिक वडाबाट कतै जानुनपरोस् जस्तो गर्छन् । रहरले होइन बाध्यताले । किनकी यो नदी तर्न पैसा तिर्नुपर्छ ।

त्यो पनि एक पटक होइन पटकपटक । यिनी कल्पना चौधरी हरेक दिन यो नदी आउजाउ गर्छिन् । र, हरेक दिन यसरी नदी तरेको पैसा तिर्छिन् । घर वारी र खेत पारी भएका किसान पनि सधैँ पैसा तिर्छन् ।

खासमा नगरपालिकाले खोलामाथि पुल नबनाएर ठेकेदारलाई ८ वटा खोला/नदीको ठेक्का दिएको छ । जसले गर्दा ठेकेदारले वर्षायाममा डुंगा र हिउँदमा काठे पुल बनाएर यात्रुलाई वारपार गराउँछन् । त्यसरी वारपार गरेको शुल्क लिन्छन् ।

हिँडडुल गरेको ५ रुपैयाँ, साइकल लिएर हिँडेको १० रुपैयाँ र मोटरसाइकलबाट वारपार गरेको ४० रुपैयाँ लिँदै आएका छन् । ठेकेदारले उठाएको शुल्कबाट नगरपालिकाले समेत रकम प्राप्त गर्दछ । नागरिकको समस्या समाधान गर्नुपर्ने निकाय नै ठेकेदार लगाएर पैसा असुल्ने काम गर्दै आएको छ । तर, नगरपालिकाले भने बाध्यता भएको दावी गर्छ ।

पुल बनाउने विषयमा छलफल भइरहेको दावी गरेपनि अहिलेसम्म बनाउने पहल भएको छैन । नगरपालिकाले नै रकम प्राप्त गर्ने भएपछि पुल बनाउन जनप्रतिनिधि तयार नभएको नगरवासीको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *