Main News

कुख्यात अपराधी चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा

अध्यागमन विभागलाई जिम्मा लगाइयो

हिमालय टिभी
२०७९ पुष ८ गते १३:१२
कुख्यात अपराधी चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा

८ पुस २०७९ काठमाडौं । नेपाली जेलमा रहेका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष दुई महिनामा थुनामुक्त भएका छन् ।

शोभराजलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । तर, शोभराजले केही समय नेपालमै बसेर मुटुको उपचार गराउने इच्छा व्यक्त गरेका छन् ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

कारागार नियमावली, २०२० को नियम २९- २- कले ६५ वर्ष उमेर पुगेका कैदीलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।

चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *