Main News
देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै
२०७९ पुष ७ गते ८:५३
७ पुस २०७९ काठमाडौं । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रदेश १, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ भने तराईका केही क्षेत्रमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ ।
हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।
चिसो क्रमश बढ्दै जाने भएकाले आफ्नो ख्याल राख्न मौसमविद्हरूले अनुरोध गरेका छन् ।
प्रतिक्रिया