Main News

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज

हिमालय टिभी
२०७९ पुष ७ गते ८:४८
नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज

७ पुस २०७९ काठमाडौं । नवनिर्वाचित सांसदहरूले आज शपथ ग्रहण गर्दैछन् ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभएअनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले आज सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु हुनेछ ।

राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराउनु भएको थियो । शपथग्रहण कार्यक्रम अघि आज ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्नेछ ।

मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने पाण्डेले बताउनुभयो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।

सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *