Main News

रोचक शपथ : संस्कृत भाषामासमेत हुँदैछ शपथ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ६ गते २०:४२
रोचक शपथ : संस्कृत भाषामासमेत हुँदैछ शपथ (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ ।

२७५ सांसद निर्वाचितमध्ये २६ जना सांसदले मातृभाषामा शपथ लिँदैछन् । सांसदहरुले संस्कृत, हिन्दीदेखि भोजपुरी भाषामासम्ममा शपथ ग्रहण गर्दैछन् ।

सभामुखको चयन नभएकाले ज्येष्ठ सांसद पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनियताको शपथ गराउनुहुनेछ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ । तर यो पटक संसदमा नयाँ अनुहारदेखि पहिलो पटक निर्वाचनमा भाग लिएका पार्टीबाट विजयी सांसदको सपथ ग्रहण रोचक हुने देखिएको छ ।

२७५ सांसदमध्ये २४९ सांसदले नेपाली भाषामा र २६ जना अन्य भाषामा शपथ लिने तयारी छ । तर रोचक त के छ भने कतिपय सांसदले आफूले शपथ गर्ने भनेर प्रस्ताव गरेका भाषा सूचीकृत नै छैनन् ।

जनमत पार्टीका सांसद चन्द्रकान्त राउतसहित केही सांसदले प्रस्ताव गरेको भधेसी भाषा तथा असिम साहले प्रस्ताव गरेको मुस्लिम भाषा, आफैमा भाषा होइनन् ।

यो भन्दा पनि रोचक त के छ भने रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिने प्रस्ताव गर्नु भएको छ । नेपालमा लोप हुँदै गएको संस्कृत भाषामा मधेसबाट निर्वाचित साहको रुचि हुनु रोचक पक्ष हो ।

कसले कुन भाषामा शपथ गर्ने ?

सांसद भाषा
सराज अहमद फारुकी उर्दु
हितबहादुर तामाङ तामाङ
प्रदीप यादव भोजपुरी
रुपा सोसी चौधरी थारु
दुर्गा राई कोइरकोयू
रामसहाय प्रसाद यादव भोजपुरी
रञ्जु कुमारी झा मैथली
कान्तिका सेजुवाल नेपाली खस
अरुन कुमार चौधरी थारु
रन्जिता श्रेष्ठ थारु
गंगाराम चौधरी डगौंरा थारु
लालवीर चौधरी थारु
बिनिता कुमारी सिंह मधेसी
चन्द्रकान्त राउत मधेसी
अनिता देवी मधेसी
सोनु मुर्मु सन्याली
सुमना श्रेष्ठ नेपाल भाषा
मनिष झा मैथली
लक्ष्मी तिवारी अबधी
अशोक चौधरी थारु
मीना तामाङ तामाङ
असिम शाह नेपालीरमुस्लिम
सूर्यमान तामाङ (दोङ) तामाङ
महिन्द्र राय यादव हिन्दी
उमरावती देवी यादव भोजपुरी
किरण कुमार साह संस्कृत

उल्लेखित भाषा सांसदहरुले सचिवालयमा प्रस्ताव मात्र गरेका हुन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सांसदहरुले प्रस्ताव गरेका भाषाबारे छानबिन गरेर मात्र निर्णय गरिने बताउनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *