Main News

अनामनगरको अवैध संरचनामा डोजर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ६ गते १६:४०
अनामनगरको अवैध संरचनामा डोजर (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित धोबी खोला किनार क्षेत्रमा रहेका अवैध संरचना भत्काएको छ ।

महानगरपालिकाले वडा नम्बर १० स्थित धोबी खोला किनार कब्जा गरेर बनाइएका संरचना भत्काएको हो ।

महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको छ । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसार्न थालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *