Main News

रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथको बाटो खुल्यो

हिमालय टिभी
२०७९ पुष ६ गते १५:०१
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथको बाटो खुल्यो

६ पुस २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको रिट निवेदकमध्येका एक युवराज सफलले जानकारी दिनुभयो ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उहाँ नेपाली नागरिक नरेको जिकिर रिट निवेदकको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *