Main News

‘कोठाभित्र भएको आलोपालो प्रधानमन्त्रीको सहमति मान्य छैन’ : महामन्त्री थापा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ६ गते १३:३६
‘कोठाभित्र भएको आलोपालो प्रधानमन्त्रीको सहमति मान्य छैन’ : महामन्त्री थापा (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा आलोपालोबारे बन्दकोठामा गरिने निर्णय व्यक्तिगत हुने बताउनु भएको छ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि थापाले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय नगर्न सचेत गराउनु भएको हो । राष्ट्रपति पदका सन्दर्भमा खुला र पारदर्शी छलफल गरेर मात्र निर्णय गर्नुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीको निर्णयअनुसार काँग्रेस नेतृत्वमा सरकार गठनका लागि संसदीय दलको नेताले पहल गर्ने बताउनुभयो ।

निर्वाचन परिणाम अपेक्षित नभएको भन्दै उहाँले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि सरकारको कुनै जिम्मेवारीमा नजाने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *